काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा र इण्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच नेपालम सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाहरु विकास गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी विषयको एशिया प्रशान्त क्षेत्र हेर्ने प्रबन्धक थोमस लुबेकले हस्ताक्षर गरे ।
समझदारीपत्र अनुसार निफ्रा र आइएफसीले देशका पूर्वाधार विकासका लागि आवश्यक वित्तीय र प्राविधिक स्रोतहरुको खाडललाई पूरा गरी पूर्वाधार क्षेत्रमा लगानीको गतिलाई तिव्रता दिन सहकार्य गर्नेछन् । आइएफसीले निफ्रालाइृ आयोजना पहिचान र छनौटमा सहयोग गर्नेछ ।
सार्वजनिक र निजी क्षेत्रको क्षमता अभिवृद्धिको अतिरिक्त पहिचान गरिएको परियोजनाको प्रारम्भिक मूल्यांकन र परियोजना विशिष्ट संरचना र खरिद (बोलपत्र) मा सहयोग गर्नेछ ।
कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत अतिवडाले समझदारीले नेपालको पूर्वाधार विकासलाई तिव्रता दिन महत्वपूर्ण कोशेढुंगा सावित भएको बताए । ‘सहकार्यले देशका प्रमुख परियोजनाहरुको पहिचान र विकास गर्न मद्दत गर्नेछ’ उनले भने ।
त्यस्तै, आइएफसीका प्रतिनिधी लुबेकले नेपालको निजी क्षेत्रसँग आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न प्रचुर सम्भवना रहेको बताए । ‘यो साझदारीले आइएफसीको विश्वव्यापी विशेषज्ञतालाई स्थानीय अभ्याससँग मिसाउन सकिनेछ’ उनले भने । निजी क्षेत्रले लगानी गरेर जनताको लागि सहज र सुधारिएको पूर्वाधार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
समझदारी हस्ताक्षर कार्यक्रममा नेपालस्थित आइएफसीका आवासीय प्रतिनिधी बाबकार एस फायेले साझेदारीले नेपालमा पीपीपी इकोसिस्टमलाई थप विकास गर्न सहयोग पुग्ने बताए । विशेषगरी महत्वपूर्ण पूर्वाधार परियोजनाहरुको लागि थप पुँजी र विशेषज्ञता परिचानल गर्न सहयोग पुग्नेछ ।