Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती    २ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल


काठमाडौं । कोभिडले सार्क क्षेत्रको रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा छलफल गरेका छन् ।

बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नया चुनौतीहरू देखापरेको बताए । चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएको र यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो ।

दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए ।

भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो, साफी अध्यक्ष समेत रहनुु भएका संघाईले साफीलाई पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ  साझा प्रयास आवश्यक रहेकाे बताए ।

कार्यक्रममा आइएलओका देशीय निर्देशक डा. रिचार्ड हवार्ड आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।


Read Previous

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

Read Next

चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी आयोजना स्वीकृत, प्रत्येक घरमा प्रतिदिन १३५ लिटर पानी उपलब्ध हुने

Leave a Reply

Your email address will not be published.