Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

अझै पूरा भएन चिलिमे-त्रिशूली प्रसारण लाइन,चैतमा सम्पन्न गर्ने अर्को तालिका


काठमाडौं । रसुवा र नुवाकोटनका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निमाणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना अझै पूरा हुन सकेको छैन । प्रसारण लाइनको ठेक्का पाएको चीनको पिङ्गाओ ग्रुपअफ कम्पनीको असक्षमताका कारण प्रसारण लाइनको निर्माण कार्य अहिलेसम्म पूरा हुन नसकेको हो ।

ठेकेदार कम्पनीले प्रसारण लाइनको काम नियमित गरिरहे पनि कामको गति तीव्र पार्न नसकेको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले बताए । उनका अनुसार विद्युत प्राधिकरण व्यवस्थापनले गत असारभित्र प्रसारण लाइन र सबस्टेसनको काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले निर्माण तीव्र पार्न नसक्दा फेरि अर्को तालिका निर्धारण गरिएको छ ।

‘ठेकेदारले काम ठप्प पारेको पनि छैन । तीव्रता पनि दिन सकेको छैन,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘सुस्त गतिको निर्माणले लक्ष्यअनुसार प्रसारण लाइन निर्माणमा प्रगति हुन सकेन ।’ उनले प्रसारण लाइनको रुट भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने भएकाले समेत निर्माणलाई गति दिन नसकिएको बताए ।

अहिलेसम्म प्रसारण लाइनको करिब ७९ प्रतिशत काम सम्पन्न भएको छ । प्रसारण लाइनको रुटमा ७९ वटा टावर निर्माण गर्नुपर्नेमा ४५ वटाको फाउन्डेशन तयार गरिएको छ । प्रसारण लाइनका २३ वटा टावर खडा गरिएको पनि शाहले बताए ।

पछिल्लो तालिकाअनुसार प्रसारण लाइनको निर्माण अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । आगामी चैतभित्र प्रसारण लाइनका सबै संरचना निर्माण गरिसक्ने योजना रहेको उनले बताए ।

‘२ वटा सबस्टेसनको काम त अबको फगुनभित्र पूरा गरिसक्ने हाम्रो योजना छ । यो अवधिमा सबस्टेसन तयार पनि हुन्छ । प्रसारण लाइनको हकमा चैत दोस्रो साता (मार्च, २०२३) भित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेका छौं’ उनले भने ।

प्रसारण लाइन अबको ५ महिनामा सम्पन्न गर्ने तालिका निर्धारित भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण यो लक्ष्य चुनौतीपूर्ण रहेको शाहले बताए । उनका अनुसार प्रसारण लाइनको रुटमा पर्ने ७ स्थानमा काम गर्न कठिनाइ छ ।

सडक पहुँच नभएका कारण ७ स्थानमा काम गर्न निकै कठिनाइ आइरहेको उनले बताए । पहुँच सडक नभएको बिकट स्थानमा आयोजनाकोतर्फबाट नै ट्र्याक खोल्दै लगेको प्राधिकरणले जनाएको छ । यी ७ स्थान बाहेकका क्षेत्रमा भने लक्ष्यअनुसार नै प्रसारण लाइनका संरचना तयार पार्न सकिने शाहले दाबी गरे ।

रसुवामा निर्माणाधीन रसुवागढी र सञ्जेनका २ जलविद्युत आयोजना निर्माण पूरा हुने चरणमा पुगेकाले समेत यो प्रसारण लाइन चाँडो सम्पन्न गर्नुपर्ने दवाब प्राधिकरणलाई छ । यी आयोजनाले अबको ५ महिनाभित्र परीक्षण उत्पादन सुरु गर्न प्राधिकरणसँग प्रसारण प्रणालीको माग गरिसकेका शाहले बताए ।

यो वर्ष बर्खाको बाढी र पहिरोले प्रसारण लाइनको निर्माण कार्य ६ महिनासम्म ठप्प हुन पुगेको थियो । कोभिड–१९ महामारीका कारण चीनमा लामो समयसम्म लागेको लकडाउनले ठेकेदार कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसक्दा पनि प्रसारण लाइनको कामले लामो समयसम्म गति लिन सकेन ।

भौगोलिकरूपमा बिकट तथा जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, रुट भीरैभीर लैजानु पर्ने, सडक पहुँच नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान र पानी मान्छे एवं खच्चडबाट बोकाएर लैजानु पर्ने कारणले प्रसारण लाइनको काम लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । साथै, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगमा समस्या, स्थानीयबासीको अवरोध, कोभिड–१९ को असर लगायतका कारणले पनि आयोजनाको निर्माणमा ढिलाई हुँदै आएको छ ।

प्रसारण लाइन अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकामा २२०/१३२/३३ केभी गरी चिलिमे हब र त्रिशूली–३ ‘बी’ हब सबस्टेसन निर्माणाधीन छन् । चिलिमेदेखि मैलुङसम्म १९ किलोमिटर २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली-३ ‘बी’ हब सबस्टेसनसम्म ८ किलोमिटर ४ सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । हाकु क्षेत्रमा प्रसारण लाइनका १२ वटा टावर निर्माण हुँदैछन् ।


Read Previous

लिखु प्रभावित क्षेत्रका पालिकाको विकासे काममा टिठलाग्दो सुशासन र सुधारको खाँचो

Read Next

बिजुली आयातका लागि प्रस्ताव गरेका बोलपत्रकर्ताको कायम रहने अवधि एक महिना थप

Leave a Reply

Your email address will not be published.