Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार


चाैतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै त्यहाँसम्म पुग्न सकिने पुरानाे तथा नयाँ पदमार्ग निर्माण गरिएकाे हाे ।

पुरानाे पदमार्ग मर्मतसम्भार गरी हिड्न मिल्ने बनाइएकाे छ । नयाँ ट्रयाक खोल्ने काम पनि सँगसँगै गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको पर्यटन विभागले जनाएकाे छ ।

विभागका अनुसार स्थानीय तहको समन्वयमा २ करोड रुपैयाँ लागतमा हेलम्बुबाट सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग निर्माण गरिएकाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरिएको  छ ।

लाङ्टाङ जोड्ने यी २ पदमार्ग मात्रै हुन् । हेलम्बुको कुटुङ्साङ, ठाडेपानी, गोसाइँकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा भए पनि सञ्चालन भइरहेकाे छ । “हेलम्बु हुँदै लाङ्टाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण गरिएको हो ” शेर्पाले भने ।

उनले सिन्धुपाल्चोक र रसुवाको पर्यटन प्रवर्द्धनका लागि हेलम्बु सेतु बन्ने विश्वास व्यक्त गरे । ह्योल्मोभूमि र धार्मिकस्थलका रूपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको पनि उनले बताए । योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य छ ।

पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति पुर्याएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकालाई पनि मर्मत गरिएको हो ।

झण्डै एक सय किलोमिटर दूरीमा रहेको काठमाडौंको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुङ्साङबाट ठाडेपानी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङगुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले चलिरहेको स्थानीय गोपाल लामा बताउँछन् ।

“पुराना पदमार्ग मेटिन लागिसकेको थियो, अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक आउने क्रम बढेको छ”, उनी भन्छन्। प्राचीन गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङ्गुल, झिचेन मिलेरेपा गुफा, ढुकु, महागुरू रेन्पोछे छापसम्म पदमार्ग बनाउँदै लगिएको छ ।


Read Previous

८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र

Read Next

प्राधिकरणले थप विद्युत निर्यातको अनुमति नै पाएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *