Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा


काठमाडौं । विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपाली बजारमा पनि आइपुगेको छ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा सानो स्मार्ट चार्जरको बिक्री वितरण सुरु गरेको हो ।

विश्वभरका विद्युतीय गाडी प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्ट चार्जर डिजाइन गरिएको छ । ‘इओ मिनी’लाई बेलायती प्रदायकको विद्युतीय सवारी साधनको चार्जिङ सोलुसन मानिएको छ ।

‘इओ मिनी’ले विद्युतीय गाडी चार्जिङ स्टेसन तथा हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन, सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । ‘इओ मिनी’ सर्वप्रथम सन् २०१४ मा बेलायतको मुख्यालयमा स्थापना गरिएको थियो ।

‘इओ मिनी’ टेक्नोलोजी, विश्वका ठूला व्यवसाय एवं एमेजोन, डिएचएल र टेस्कोलगायत फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् । यो अहिलेसम्म विश्वका ३५ बढी देशहरूमा वितरण भएको छ ।

यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा ‘इओ मिनी’ ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार चार्ज पोइन्टहरू स्थापना गरेको थियो ।

इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रूपमा चार्जर उत्पादनमा अग्रणी बन्ने कम्पनीको दाबी छ । उसले नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेको जनाएको छ ।

‘इओ मिनी’मा भएको प्रविधिले चुहावटको स्रोत तत्कालै पत्ता लगाउन सक्ने बताइएको छ । यो घरको पावर इनपुट जडानको आधारमा ६ देखि ३२ एएमपीसम्म समायोजन गर्न सकिन्छ । यो कम्प्याक्ट चार्जर खरिद गर्दा १ वर्षको वारेन्टी हुन्छ । यसको मूल्य ८५ हजार रुपैयाँ तोकिएको छ ।


Read Previous

तीन खर्बको बुढीगण्डकीमा ६० लाख जम्मा गर्न नसक्दा कम्पनी स्थापनामै ढिलाई

Read Next

विश्व बैंकसँग हरित, उत्थानशील र समावेशी विकासका लागि १३ अर्ब सहुलियत ऋण सम्झौता

Leave a Reply

Your email address will not be published.