Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

‘प्रसारण लाइन बनाउन स्थानीयलाई फाइदा बाँडफाँड र अपनत्वको विकास’


काठमाडौ । प्रसारण लाइन निर्माणका लागि स्थानीय प्रभावितलाई फाइदा बाँडफाँडको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३७ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रभावित स्थानीयको अपनत्व विकास र फाइदा बाँडफाँड गरेर सहज वातावरण बनाउने गरी प्रसारण लाइन आयोजना निर्माण गर्नुपर्नेमा जोड दिइएको हो । विद्युत प्राधिकरणले निर्माण गरिरहेका अधिकांश प्रसारण लाइन निर्माणमा अवरोध भईरहेको बेला नेपालमा उच्चस्तरीय भोल्टेजका प्रसारण लाइनः मुद्दाहरु, चुनौती र अवसरहरु बिषयक छलफल भएको थियो ।

छलफलमा कार्यपत्र प्रश्तुत गर्दै विद्युत प्राधिकरण इन्जिनियरिङ निर्देशानालय अन्तर्गतका वातावरण तथा सामाजिक अध्ययन विभागका इन्जिनियर प्रकाश गौडेलले कार्यपत्र प्रश्तुत गर्दै स्थानीय प्रभावितको लागि फाइदा बाँडफाँड संयन्त्रको निर्माण र अपनत्वको विकास गर्न सके मात्र प्रसारण लाइन बनाउन सहज हुने उल्लेख गरे ।

प्रसारण लाइनको गुरुयोजनामा आधारित भएर र ऊर्जाको भविष्यको अवस्थालाई विश्लेषण गर्दै प्रसारण लाइनमा देखिएका समस्या समाधानका लागि सरकार र विद्युत प्राधिकरणले राइवे व्यवस्थापन र वातावरण तथा सामाजिक नीति निर्माणका साथै प्रसारण लाइनको निर्माण निजी क्षेत्रसँगको साझेदारीमा बनाउनुपर्ने बताए । प्रसारण लाइनबाट प्रभावित जनताका लागि सेयरको व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जलविद्युत आयोजना निर्माणको प्रभावित क्षेत्रको लागि रोयल्टी दिने व्यवस्था गरेपनि प्रसारण लाइनबाट प्रभावितको लागि कुनै व्यवस्था गरेको छैन । यता प्रसारण लाइनका लागि वन तथा वातावरण मन्त्रालयबाट जग्गा प्राप्तिका लागि झन्झटिलो प्रकृयाका साथै मन्त्री परिषदसम्म पुगेर निर्णय गर्नु लगायतका झन्झटहरु अझै छन् ।

सन् २०४० भित्र ४० हजार मेगावाट तथा १० बर्षभित्र १५ हजार मेगावाट मेगावाटको लक्ष्य राखिएको छ भने हालसम्म २ हजार ६६ मेगावाट जलविद्युत उत्पादन भएको छ । ८ हजार १ सय १२ जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेको नेपालमा हाल ३ हजार ९ सय ७६ किलोमिटर सर्किट प्रसारण लाइन निर्माण भैसकेको छ भने ३ हजार ३ सय २९ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भईरहेको प्राधिकरणले जनाएको छ ।

४ हजार ७ सय ५५ किलोमिटर सर्किट प्रसारण लाइन बनाउने लक्ष्य राखिएको विद्युत प्राधिकरणले हाल निर्माण गरिरहेका अधिकांश प्रसारण लाइनमा समस्या छ । स्थानीयबासीसँग अन्तरकृया कमका साथै प्रसारण लाइनबाट प्रभावितहरुका लागि प्रसारण लाइनको महत्व बुझाउन नसक्नु तथा कुनै सेयर, रोयल्टी वा अन्य सहुलियत नभएकै कारण अधिकांश ठाउँमा समस्या छ ।


Read Previous

सडक विभागका २९४ ठेक्का रुग्न, १० वर्षअघिका १० ठेक्का अझै सम्पन्न भएनन्

Read Next

मिस्ट्री, लिखु ‘ए’, सोलु र चिलिमेको १११ मेगावाट विद्युत निर्यात गर्न भारत समक्ष प्रस्ताव

Leave a Reply

Your email address will not be published.