Nepal Purbadhar

एक वर्षमै सवा खर्बको लगानी स्वीकृतिसहितको कार्य सम्पादन प्रतिवेदन प्रधानमन्त्रीलाई पेश


काठमाडौ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले आर्थिक वर्ष २०७८/०७९ मा १ खर्ब २२ अर्ब लगानी स्वीकृतिसहितको कार्य सम्पादन प्रतिवेदन पेश गरेका छन् ।

२०७८ साल साउन ३२ गते गत बर्षका लागि ४२ क्रियाकलापसहित कार्य सम्पादन करार गरेका भट्टले बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेश गरेका हुन ।

लगानी बोर्डका सह–सचिव एवं प्रवक्ता अमृत लम्सालका अनुसार, प्रतिवेदनमा तोकिए अनुसारका सम्पूर्ण सूचकहरु पूरा भई शत प्रतिशत कार्य सम्पन्न भएको उल्लेख छ ।

१ खर्ब २२ अर्ब बराबरका लगानी स्वीकृत भएको, पञ्चवर्षीय रणनीति योजना स्वीकृत भएको, परियोजना बैक सम्बन्धी मार्गदर्शन तयार भएको, १२ सय मेगावाटको संयुक्त पश्चिम सेती आयोजनाको ढाँचा सम्बन्धी अध्ययन सम्पन्न भएको लगायतका प्रगति भएको प्रतिवेदनमा उल्लखे छ ।

बोर्डद्धारा बुधबार जारी विज्ञप्तिका अनुसार, प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आर्थिक तथा वित्तिय परिदृष्यहरु चुनौतीको रुपमा देखा परेको बेला ठूला लगानी आकर्षण तथा परिचालनका लागि लगानी बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा भट्टले बोर्डले लगानी आकर्षण, परियोजनाको सम्पूर्ण चक्रमा सहजीकरणका साथै बोर्ड कार्यालयलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

Facebook Comments

Read Previous

विद्युत आयात साढे १५ अर्ब, निर्यात ४ अर्ब

Read Next

नेट जिरो इमिसन लक्ष्यः चुनौतीका चाङ, कार्य योजना छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar