Nepal Purbadhar

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड, छिटो प्रतिफल दिने पूर्वाधारलाई प्राथमिकता (पूर्ण पाठसहित)


काठमाण्डौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्कट्टेलले सभामा बजेट प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालु तर्फ १९ अर्ब २ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको बताए ।

कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत अन्य प्राप्तीबाट १६ अर्ब ६७ करोड ५० लाख व्यहोरिनेछ ।

बजेटले छिटो प्रतिफल दिने पूर्वाधार आयोजनालाइे प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधार मन्त्रालयको लागि मात्र २४ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । खानेपानी ऊर्जा र सिचाइको लागि ९ अर्ब ८१ करोड ४९ लाख विनियोजन गरिएको छ ।

पूर्ण पाठसहित: Budget-Speech bagmati province


Read Previous

५ वर्षमा साढे ३ खर्बको बिजुली निर्यात गर्न सकिन्छः मन्त्री भुसाल (संसदमा दिएकाे जवाफको पूर्ण पाठ)

Read Next

गण्डकी प्रदेशको बजेट ३६ अर्ब ९० करोड, जलविद्युतमा वित्तिय लगानी गर्न ३५ करोड (बजेटको पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar