Nepal Purbadhar

अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइनः विभाग


काठमाडौं । यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । विभागले २० जेष्ठमा प्रकाशित सूचनाबाट सेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

विभागले नेपाल सरकारबाट २२ कार्तिक २०७८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको परिपुरक सुचना भएको व्यहोरा स्पष्ट गरेको छ । ‘विभागको सूचना मिति २२ कार्तिक २०७८ को राजपत्रको सूचनाको निरन्तरता मात्र हो’ विज्ञप्तिमा उल्लेख छ ।

विभागले १ साउन २०७९ देखि देशका सडकमा गुड्ने सबै सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आसय विभागको अलिकति नभएको उल्लेख गरेको छ । दिइएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधनमा जडान गर्न सम्भव नै नभएको उल्लेख गरेको छ ।

अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने सम्झौता बमोजिम २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र ईम्बोस्ड नम्बर प्लेट जडान हुने सक्ने देखिने विज्ञप्तिमा उल्लेख छ ।

विभागले २२ कार्तिक २०७८ को राजपत्रको सूचना बमोजिम जो जसले इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने थियो, ति सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने अनुगमन गर्नको लागि मात्र सूचना जारी गरेको उल्लेख छ । तर, ईम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय नभएको उल्लेख गरेको छ ।

यातायात व्यवस्था विभागले विज्ञप्तिः embossed press

Facebook Comments

Read Previous

व्यवसायिक प्रयोजनले निर्माण गरिएका ३ सय ४४ ठूला बायोग्यास प्लान्ट सञ्चालनमा

Read Next

आगामी वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशतः विश्व बैक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar