Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

निर्माणाधीन नागढुंगा सुरुङमार्गको ४१६ दिन म्याद थपको माग, ८६ दिन थप गर्ने सहमति


काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन थपिने भएको छ । कोभिडको दोस्रो चरण थालनी हुने बेलासम्ममा जापानी निर्माण कम्पनी हाज्मा आन्दोले कुल ४१६ दिन म्याद थपको प्रस्ताव गरेको थियो । तर, त्यसलाई आयोजना कार्यालयले ८६ दिन मात्र थप गर्ने गरी समझदारी गरेको छ । त्यही अवधिमा सम्पन्न गर्ने गरी दुवै पक्ष सहमत भएको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

नेपाल इञ्जिनियरिङ एशोसिएशनले आयोजना गरेको कार्यक्रममा उनले काम रोकिने वित्तिकै जापानीज निर्माण कम्पनीले म्याद थपको माग गर्ने गरेको बताए । म्याद थपसँगै तोकिएको समयमा आयोजना सम्पन्न हुनेछैन । आयोजना १३ बैशाख २०८० मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ ।

नागढुंगा सुरुङमार्ग निर्माण अब ४९ प्रतिशत मात्र बाँकी

नागढुंगा सुरुङमार्ग आयोजना                                                                                                                                                                फाेटाेः आयोजना कायार्लय

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत सुरुङ निर्माणको काम ५१ प्रतिशत सम्पन्न भएको छ । २८ कात्तिक २०७६ देखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर साढे ४५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

आयोजनाका अन्य संरचनासमेको समग्र भौतिक प्रगति भने साढे ३५ प्रतिशत पुगेको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्व जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ५ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना अप्रिल २०२३ मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ । त्यही समयमा सक्ने प्रयास भइरहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ ।

निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । ‘त्यसमध्ये ६ जेठसम्म २ हजार ८ सय ६ मिटर खनिसकिएको छ’ आयोजना प्रमुख शाक्यले भने ।

आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ सय २१३ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ४१९ र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ । वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । ‘खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ४ सय ६६ र धादिङतर्फ १ हजार ३ सय ४० मिटर खनिएको छ’ आयोजना प्रमुख शाक्यले भने ।
आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।

अन्य संरचनामा कति प्रगति ?

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म २ वटा सम्पन्न भइसकेको छ । एउटा ओभर पास निर्माण गर्नुपर्नेमा अहिलेसम्म निर्माण सकिसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा १० वटा पूरा भइसकेका छन् ।

यो आयोजना बनेपछि के फाइदा हुन्छ ?

यो आयोजनाले आर्थिक रुपमा पु¥याउने फाइदा भनेको नागढुंगा पार गर्नको लागि समय घटाउनेछ । यसले यात्रामा ढिलाइले हुने लागत घटाउनेछ । सवारी साधनको सञ्चालन खर्चमा उत्तिकै कमी ल्याउनेछ । अहिले सडकको खराव अवस्थाको कारण हुने दुर्घटनालाई कमी ल्याउने आयोजना प्रमूख शाक्यको भनाइ छ ।

यस्तै, यो आयोजना जापानको सहुलियत ऋण सहयोग र उसैको प्रविधिमा आधारित भएर निर्माण भइरहेको छ । साथै अहिले नेपाली इञ्जिनियर पनि यो आयोजनामा सहभागी छन । यसले अत्याधुनिक जापानी प्रविधि नेपाल भित्राउन सहयोग पुग्नेछ । त्यससम्बन्धी ज्ञान र अनुभव नेपालको स्थानीय परामर्शदाता, निर्माण कम्पनी, कामदार र सडक विभागलाई हुनेछ । अर्को सुरुङ निर्माणको लागि सहयोग पुग्नेछ ।

यसको साथै सुरुङ निर्माणको लागि आवश्यक डिजाइनको ज्ञान वृद्धि गर्न सहयोग पुगेको छ । नेपालमा सुरुङ निर्माणको प्राविधिक मापदण्ड निर्धारण गर्न सहज हुने अपेक्षा छ । सामाजिक र वातावरणीय फाइदा पनि छ । आयोजनाले रोजगारी सिर्जना भएको छ । आयोजनाले निर्माण गर्ने सर्भिस सेन्टरमा तोकिएको व्यवसाय गर्न सकिनेछ । यसले वायु प्रदुषण घटाउन सहयोग पुर्याउनेछ ।


Read Previous

आगामी आवको बजेटमा पूर्वाधारका नयाँभन्दा पुरानै बहुवर्षिय आयोजना प्रथामिकतामा

Read Next

ऊर्जालाई १ खर्ब १२ अर्ब ९४ करोडको बजेट सिलिङ,बूढीगण्डकी प्राथमिकतामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *