Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पछिल्ला ४ महिनामा १ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण


काठमाडौं । पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२२ को पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरेका हुन । योसँगै नेपालमा पर्यटक आगमन दरमा सुधार हुँर्दै गएको तथ्याङकले देखाएको छ ।

सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार, दोश्रो महिना २० हजार, तेस्रो महिना ४२ हजार, चौथो महिना ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा सुस्ताएको थियो । गत वर्ष सोही अवधिमा २२ हजार ४ सय ५० मात्र पर्यटक नेपाल भित्रिएका थिए ।

सवैभन्दा धेरै पर्यटक भारतबाट २२ हजार ४ सय ७७, दोश्रोमा अमेरिकाबाट ६ हजार ९ सय ५४, तेश्रोमा बेलायतबाट, ५ हजार २ सय ५२ जना चौथोमा, अष्ट्रेलियाबाट २ हजार ७ सय २६ जना, जर्मनीबाट, २ हजार ९७ जना, फ्रान्सबाट १ हजार ९ सय २२, बंगलादेशबाट १ हजार ५ सय ३७ जनाले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।


Read Previous

‘पूर्वाधारबारे सञ्चारमाध्यमले स्पष्ट र यथार्थ जानकारी दिन सक्नुपर्छ’

Read Next

पुँजीगत खर्च किन हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *