Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

एमसीसीको सहयोगमा सडक मर्मतमा उपयोगी नयाँ प्रयोगशालाहरू तयार


काठमाडौँ । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिहरूले मंगलवार एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त उद्घाटन गरेका छन । सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसिए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार रहेको छ । एमसिए–नेपालद्वारा सम्पन्न गरिएका ती प्रयोगशालाको निर्माण तथा उपकरणहरूको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न भएका हुन् ।


सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रूक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले ती प्रयोगशालाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा स कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको ६.३८ अर्व रुपैयाँ अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन ।

उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । यसैगरी युरोप, एसिया, प्रशान्ततथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रूक्सले नेपाल सँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको बताए । ‘यी अत्याधुनिक प्रयोगशालाहरूको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ’ उनले भने ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मतका लागि पहिलो पटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने बताए ।प्रयोगशालाहरुको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण कार्य नेपाल सरकार तथा एमसीसीबीच भदौ २९ २०७४ मा हस्ताक्षर भएको थियो । एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गत सडक मर्मत आयोजनालाई उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो ।

एमसिए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करिब ४४.५३ करोड रुपैयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मतसम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ ।
करिब १६.५९ करोड रुपैयाँ मूल्यकोे सुपरपेभ आस्फाल्ट मिक्स डिजाइनसम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टोमिटर लगायतका उपकरणहरू जडान गरिएको प्रयोगशाला भवन करिब ७३.२० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । प्रयोगशालामा जडान गरिएका उपकरणहरू सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमित रूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।


Read Previous

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) के हो ?

Read Next

५ लाख हेक्टर कृषियाेग्य भूमिमा मात्र १२ महिना सिँचाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *