Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

२७ औं संस्करणको क्यान इन्फोटेक २०२२ शुभारम्भ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले गरे उद्घाटन


काठमाडौ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । बैशाख ७ देखि १२ गतेसम्म ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ को उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरे ।

उद्घाटन समारोहमा मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ईन्टरनेटमा करको दर पुनरावलोकन, क्यान महासंघ लगायतका निजी क्षेत्रबाट उठाएका मुद्धाहरु, विगतको अनुभव, विगतमा तयार पारेका नीतिहरु समयसापेक्ष हुने गरी सुचना तथा संचार प्रविधि नीति ल्याउने गरी कार्य गरिरहेको बताए । क्यान इन्फोटेकको २७ औं संस्करणमा स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकतामा राखिएकोमा खुशी व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सुचना तथा संचार प्रविधिले विकासको निम्ति ड्राईभरको काम गर्न सक्ने बताए । यसको प्रयोगबाट व्यापारमा लागत घटाउन मद्दत पुग्ने भएकाले आयोगले सोहि अनुरुप नै कार्य गरिराखेको बताए । नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले क्यान इन्फोटेकले मुलुकलाई समृद्ध बनाउन र देशमा रहेका प्रविधिहरुको उपलब्धताको बारेमा जानकारी दिने बताए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिहरूको प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

कोभिड १९ का कारण पटक-पटक स्थगित भएर संचालनमा आएको क्यान इन्फोटेकको यो संस्करण काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुनेछ । विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, करीब ३ महिना ढीला गरी आयोजना भएको हो । यसको आयोजनाले सन १९९५ मा इन्फोटेकको पहिलो संस्करण शुरु गर्दै गरेको अवस्थामा परिकल्पना गरिएका उद्देश्यहरु पुरा गर्न तथा देशमा सुचना तथा संचार प्रविधिको विस्तार, प्रयोग तथा ठोस विकासमा सहयोग पुग्नेछ भन्ने अपेक्षा क्यान महासंघको छ ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी समेतको व्यवस्था गरिएको छ । भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको छ । त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबानसँग सहकार्य गरिएको छ ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका छन् । जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका छन । ब्राण्डिङ खण्डमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ४८ वटा कम्पनी एवं उत्पादनहरुको सहभागिता रहेका छन् । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवं सम्बन्धित १२ वटा संस्थाहरुको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरु रहेका छन ।

स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गरिरहेका छन् । साथै, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानको मोबाईल कम्प्युटर ल्याब पनि यो इनफोटेकमा आकर्षणको केन्द्र हुने आयोजनको अपेक्षा छ ।

स्टार्टअप र इन्नोभेशन खण्डमा सहभागिता जनाएका सहभागीहरुलाई क्यान इन्फोटेकमा बिभिन्न सुविधाहरु र उत्कृष्टलाई पुरस्कृत गर्ने क्यान महासंघको योजना छ । सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो । सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई मञ्च प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यबसायमा बदल्न मद्दत गर्नु र व्यावहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा ६५ वटा स्टलहरु मार्फत व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी छ । यस खण्डमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, वाइफाइ तथा इण्टरनेट लगायत छन । व्यवसायीहरूले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राखेका छन । त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल पनि प्रर्दशनीमा छन ।

प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सुचना प्रविधी सम्बन्धी चासो राख्नेहरुको लागि उपयोगी हुने आयोजकको विश्वास छ ।
२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा पनि सोही संख्याको सेरोफेरोमा अवलोकनकर्ता आउने अपेक्षा छ । यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यबस्था गरिएको छ, जसमा प्रवेश शुल्क जम्मा एक रुपैयाँ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई फिन्टेक कम्पनी आइएमई पेले व्यवस्थापन गरेको छ ।


Read Previous

ऊर्जा दक्षताका लागि विशेष कार्ययोजना बनाउँदै सरकार

Read Next

बिम्स्टेकको ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक

Leave a Reply

Your email address will not be published.