Nepal Purbadhar

निर्माण क्षेत्रमा कर्पाेरेट कल्चरको विकास हुनुपर्छः सचिव शर्मा


काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति दिएका छन् ।

नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


‘आजको दिनसम्म पनि भारतमा खरिद ऐन छैन । किनकी, क्षेत्रअनुसार आफ्नै आफ्नै समस्या र बिशेषता हुन्छन् । त्यसको लागि ऐन पनि छुट्टा छुट्टै हुन्छ,’ उनले भने, ‘डटपेन र जहाज किन्ने ऐन एउटै भयो भने समस्या हुन्छ । त्यसैले भारतमा खरिद ऐन छैन । ठेक्का सम्झौतामै धेरै कुराहरु सम्बोधन गरिन्छ । ऐनबाट हुँदैन ।’
यस्तै, निर्माण कम्पनीमा कर्पाेरेट कल्चर विकास हुनुपर्ने बताए । निर्माण कम्पनीको संख्या घटाएर क्षमता बढाउनुपर्ने उनले बताए ।
पछिल्लो समय कोरोना लगायतका कारण पनि ठेक्का रुग्ण भएको बताए ।


यस्तै, अब परियोजनाको लागत अनुमान गर्दा नै सामाजिक क्षेत्रमा हुने खर्चलाई पनि समावेश गर्नुपर्ने बताए । कतिपय अवस्थामा स्थानीयको माग सम्बोधन गर्दा पनि लागत बढ्न गई ठेक्का रुग्ण भएको उनले बताए ।


यस्तै, जथाभावी रुपमा ठेक्का तोडिएको भए निर्माण व्यवसायीले न्याय पाउने पनि उनले बताए । हालसम्म दुई अर्बको मात्रै ठेक्का तोडिएकाले निर्माण व्यवसायी आतिन नपर्ने बताए ।


Read Previous

निर्माण व्यवसायी उठ्नै नसक्ने गरि ठेक्का तोडियोः अध्यक्ष सिंह

Read Next

ठेक्का तोडिदाँ बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar