Nepal Purbadhar

चार दशकदेखि चिकंमुगलमा चङ्गा बेचिरहेका दिपेन्द्र


काठमाडौंको चिकंमुगलमा दिपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ।

पहिले दशैंमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने चङ्गा किन्ने मानिस घटेका छन्।


सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ। नेपालमै बनेको कागजमा तयार गरिएको दशैंको चङ्गा भने महँगो पर्छ।

लट्टाईको मूल्य सानो लट्टाई १२० रुपैयाँदेखि सुरु भई ठूलो लट्टाई १०००–१२०० रुपैयाँसम्म पर्छ।

चङ्गा बनाउने काम त दसैंका लागि गरिन्छ, तर दिपेन्द्र रञ्जितकारले इन्द्रजात्रा पछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्।

दशैंमा चङ्गा उडाउनु केवल खेल मात्र होइन, यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ। आकाशमा रंगीन चङ्गा उडाउँदा उत्सवको माहोल अझ जीवन्त हुन्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

तुरुन्तै पीपीए खुलाउनेसहित प्राधिकरणसँग इप्पानका १३ माग

Read Next

केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar