
काठमाडौं । अन्तरिम सरकारको मन्त्रीपरिषदमा रामेश्वर खनालले अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
पुर्व अर्थसचिव समेत रहेका खनाललाई प्रधानमन्त्री सुशिला कार्कीले अर्थमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेकी हुन् ।
जेनजी पुस्ताको आन्दोलनका कारण सिर्जित राजनीतिक घट्नाक्रमसँगै गत शुक्रबार कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेसँगै धेरैले उनले देशका सरकारी कार्यालयदेखि धेरै निजी क्षेत्र क्षतिग्रस्त बनेको अवस्थामा देशको अर्थतन्त्रलाई कसरी सुधार्छन् भनेर हेरेका छन् ।
खनाल तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको पालासम्म अर्थ सचिवको जिम्मेवारीमा थिए भने अधिकारीसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए ।
Facebook Comments