
काठमाडौं । नेपाली सेनाका
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्ने तयारी गरेका हुन ।
सेना स्रोतका अनुसार उनले पछिल्लो परिस्थितिबारे जानकारी दिने र अब कसरी अघि बढ्ने भन्ने विषयमा बताउनेछन् ।
जेनजी आन्दोलन उग्र भएर लुटपाट हुन थालेपछि सेनाले कदम चालेर नियन्त्रणमा राख्न लागेको हो ।
Facebook Comments