Nepal Purbadhar

हिजो भएको घटनाप्रति सीएनआई अन्त्यन्त दुखि, हिंसाको कडा शब्दमा निन्दा


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) हिजोको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

सीएनआईले निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा समेत गरेको छ ।

सिएनआईले, सोमबार भएको घटना र मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ, हिंसाको माध्यमबाट ती आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति हो । नेपालको उत्पादन तथा सेवा मुलक उद्योगहरूको प्रतिनिधिमुलक संस्था परिसंघ संयमता अपनाउन सबै सरोकारवालाहरूलाई अपिल समेत गर्दछ । साथै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गर्दछ,’ सिएनआईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ नेपालको समृद्धिको मार्गमा द्वन्द भन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट छ । परिसंघ लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आईरहेको समेत स्पष्ट गर्दछ ।’

Facebook Comments

Read Previous

जेनजी प्रदर्शन: घाइतेहरुलाई भेट्न पुगे कुलमान

Read Next

सेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै, अब कस्तो सरकार बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar