Nepal Purbadhar

जेनजी प्रदर्शन: घाइतेहरुलाई भेट्न पुगे कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेन—जीको आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।


सुशासन, सेवा प्रवाहमा सुधार, आर्थिक समृद्धिका लागि उज्यालो नेपाल अभियान चलाइरहेका घिसिङले काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । उपचाररत घाइतलाई भेटी उनले शान्तिपूर्णउपचारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने जनताको अधिकारलाई सरकारले दमन गरेर अप्रिय र दुःखद घटना भएको बताए ।


‘जेन जी पुस्ता देशको भविष्य हुन्, यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्ष पूरा गर्ने अवस्था सृजना गर्नुपर्दछ, राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कवूल गर्दै पदत्याग गर्ने, जेन जी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गरी अविलम्व आम चुनाव गराउनु पर्दछ,’ उनले भने ‘सबै तहको व्याप्त भ्रष्टचार निर्मूल गर्नको लागि स्वतन्त्र उच्चस्तरीय आयोगले छानविन गरी भ्रष्टाचारीहरूलाई फास्ट ट्रयाकबाट हदैसम्मको दण्ड दिने व्यवस्था गर्ने, हिजोको बर्बरतापूर्ण घट्नाको न्यायिक जांच गरेर दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने, भविष्यमा यस्तो ज्यादती र वलको दुरूपयोग नहोस् भन्ने सुनिश्चतता गर्ने र जेन जी पुस्ताको नेतृत्व विकास गर्न सहयोगी पुग्ने ढंगले संविधानमा आवश्यक संसोधन गरी समस्या समाधान गर्न सकिन्छ ।’

Facebook Comments

Read Previous

कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

Read Next

हिजो भएको घटनाप्रति सीएनआई अन्त्यन्त दुखि, हिंसाको कडा शब्दमा निन्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar