
काठमाडौं । सरकारले गरेको भ्रष्टाचारको विरुद्धमा जवाफदेहिताको माग गर्दै आन्दोलनमा रहेका प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् ।
सोमबारको आन्दोलनमा प्रहरीले जेनजी पुस्तामाथि गरेको दमन र ‘हत्या’को विरोधमा मंगलबार भएको आन्दोलनमा प्रदर्शनकारीहरूले ललितपुरको सुनाकोठीमा रहेको गुरुङको घरमा आगजनी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएतापनि मंगलबार समेत प्रदर्शन भइरहेको छ ।
सोमबार भएको प्रदर्शनमा सरकारले जेनजी पुस्तामाथि अत्याधिक दमन र बल प्रयोग गर्दा कम्ती १९ जनाको मृत्यु भएको छ ।
Facebook Comments