
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट हट्ने संकेत गरेका छन् । सोमबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले आफू पदमा नरहने कुरा बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको भन्दै मन्त्री लेखकले नैतिक जिम्मेवारी लिने उल्लेख गरेका थिए । ती नेताका अनुसार, लेखकले “आज भएको घटनामा ठूलो क्षति भएको छ, त्यसको नैतिक जिम्मेवारी म लिन्छु, पदमा रहँदिन” भन्ने अभिव्यक्ति दिएका थिए ।
Facebook Comments