Nepal Purbadhar

विजय मेटल इन्डस्ट्रिजको व्यापारमा गिरावट, कतिको भयो कारोबार?

Metal profiles and tubes. Different stainless steel products. 3d illustration


काठमाडौं । विजय मेटल इन्डस्ट्रिज प्रालिको व्यापारमा गिरावट भएको छ ।

२०२५ मा यो कम्पनीले ५९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघि २०२५ मा भने कम्पनीको व्यापार ६७ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

विगत पाँच वर्षको कम्पनीको कारोबार हेर्दा २०२१ मा कम्पनीले ६१ करोड रुपैयाँको कारोबार गरेको थियो ।

२०२२ मा ८० करोड ३० लाख रुपैयाँको कारोबार गरेको यो कम्पनीको त्यसपछिको व्यापारमा भने गिरावट आएको थियो । २०२३ मा ६४ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार २०२४ मा सामान्य सुधार भएर ६७ करोड ८० लाख पुगेको भएतापनि २०२५ मा भने कम्पनीको व्यापारमा पुन: गिरावट भएर ५९ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको मार्जिन भने २०२१ यता निरन्तर गिरावट भइरहेकोमा २०२५ मा भने केही सुधार देखिएको छ ।

२०२१ मा कम्पनीको ६१ करोड ४० लाख रुपैयाँको कारोबार हुँदा कम्पनीको ओपिबिडिआइटिए मार्जिन १३.३ प्रतिशत कायम भएको थियो । त्यसपछि भने कम्पनीको मार्जिन निरन्तर गिरावट भएको छ ।

२०२२ मा कम्पनीको मार्जिन ११.८ प्रतिशत कायम भएको थियो । त्यस्तै, २०२३ मा ५.७ प्रतिशत र २०२४ मा ४.८ प्रतिशत मार्जिन कायम भएको थियो ।

२०२५ मा भने व्यापारमा गिरावट भएतापनि मार्जिनमा सामान्य सुधार भएको छ । २०२५ मा कम्पनीको ओपिबिडिआइटिए मार्जिन ७.९ प्रतिशत कायम भएको छ ।

सन् १९९९ मा स्थापना भएको विजय मेटल इन्डस्ट्रिज प्रालि नेपालकै सबैभन्दा ठूलो फलाम उत्पादक तथा रिसाइकल गर्ने उद्योगहरूमध्येमा पर्छ । कम्पनीले ब्रोन्ज, कपर, ब्रास, अलुमुनियम, फलामलगायतको क्षेत्रमा काम गरिरहेको छ । यो कम्पनीले वार्षिक ४ हजार ६६० मेट्रिक टन उत्पादन क्षमता राख्ने अनुमति पाएको छ ।

कम्पनीको स्वामित्व भने बैद्य परिवारसँग रहेको छ, जसमा केएल बैद्य, शारदा बैद्य र विमल सिद्धार्थ बैद्य रहेका छन् ।

हालका लागि भने यो कम्पनीले ८५ करवड ४ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । यसमा रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई १२ करोड ७९ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबि प्लस र ७२ करोड २५ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ प्रदान गरेको छ ।

Facebook Comments

Read Previous

सडकमा उत्रिए जेनजी पुस्ता

Read Next

पशुपती आइरन तथा स्टिल प्रालिले गर्‍यो ९ महिनामा २ अर्ब ३६ करोड बढिको कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar