
काठमाडौं । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा १६ सय रुपैयाँले महंगिएको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो । आइतबार भने सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँले कारोबार भएको छ ।
सुनमा जस्तै चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन अर्थात शुक्रबार चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँले कारोबार भएको थियो ।
Facebook Comments