Nepal Purbadhar

निरन्तर बढेको सुनको मूल्यमा लाग्यो ब्रेक, चाँदीको मूल्य कति?


काठमाडौं । केही दिनदेखि निरन्तर बृद्धि भएर रेकर्ड मूल्यमा कारोबार भएको सुनको मूल्य आज बिहीबार भने यथावत रहेको छ ।

बुधबार प्रति तोला २ लाख ७ हजार ९०० रुपैयाँले कारोबार भएको सुनको मूल्य बिहीबार पनि यथावत नै रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार पनि सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयााले कारोबार भइरहेको छ ।

सुनको मूल्य यथावत रहेजस्तै चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । बुधबार २ हजार ४८० रुपैयाँ प्रतितोलाले कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Facebook Comments

Read Previous

सत्तारूढ एमालेका दुई नेताले दिए संकेत: के सामाजिक सञ्जाल आजदेखि बन्द हुन लागेका हुन्?

Read Next

काठमाडौं उपत्यका प्रहरी कार्यालयको शान्त तथा अवरोधमुक्त छिमेकी अभियान, राती आवाज गर्नेदेखि बिहान शान्ति कायम नगरेमा तीन लाखसम्म जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar