
काठमाडौं । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको संख्या बढ्दै गएको छ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् ।

नयाँ संक्रमित थपिने क्रम पनि जारी छ । हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेकोमा १८२ जना घर फर्किसकेका छन् भने अन्य ११ जना उपचाररत छन् ।

गत २८ साउनदेखि फाटफुट रुपमा झाडापखालाका बिरामी देखा परे पनि गत सातादेखि प्रकोपको रुप लिएको थियो । वीरगन्जमा फैलिएको हैजाको स्रोत भने अझै पत्ता लागेको छैन।

तस्बिरहरु: सौरव शाह/नेपाल फोटो लाइब्रेरी
Facebook Comments