Nepal Purbadhar

उपेन्द्र महतोको मेडिसिटी हस्पिटलको कारोबार र मार्जिन घट्यो, एक वर्षमा २ अर्ब ५५ करोडको व्यापार


काठमाडौं । नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कारोबार र मार्जिन दुवैमा कमि आएको छ ।

मेडिसिटी अस्पताल सञ्चालन गर्ने कम्पनी अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिको २०२५ मा कुल व्यापार २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ भएको हो ।

यसअघि २०२४ मा भने कम्पनीको व्यापार २ अर्ब ७४ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । २०२३ मा कम्पनीको कारोबार २ अर्ब ९२ करोड ६० लाख रुपैयाँ भएकोमा २०२२ मा भने २ अर्ब ७८ करोड ४० लाख रुपैयाँको भएको थियो ।

पछिल्ला चार वर्षमै सबैभन्दा कम व्यापार भएको यो वर्ष कम्पनीको व्यापारसँगै पिबिआइएलडिटी मार्जिनमा पनि कमि देखिएको छ । २०२५ मा कम्पनीको मार्जिन २१.५३ प्रतिशत कायम भएको छ । यसअघि २०२४ मा २७.७८ र २०२३ मा २९.२५ प्रतिशत मार्जिन कायम भएकोमा २०२२ मा भने २५.६६ प्रतिशत मार्जिन कायम भएको थियो ।

अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालि महतो ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको कम्पनी हो । गैरआवासीय नागरिक तथा व्यवसायी डा. उपेन्द्र महतोको स्वामित्वमा रहेको कम्पनीले २०१७ देखि मेडिसिटी अस्पताललाई सञ्चालनमा ल्याएको छ । नेपाल मेडिसिटी अस्पताल नेपालकै पहिलो एनएबिएच अन्तराष्ट्रिय मान्यता प्राप्त अस्पताल हो । अस्पतालमा २४७ बेड क्षमता छ भने यसमा थुप्रै विशेषज्ञ सुविधाहरू पनि उपलब्ध छन् ।

पछिल्लो चार वर्षको तथ्यांकको तुलनामा २०२५ मा सबैभन्दा कम कारोबार हुनुको पछाडिको कारण गत वर्ष आएको बाढी रहेको छ । बाढीका कारण अस्पतालको सञ्चालनमा समस्या आएका कारण यसको कारोबार रकममा पनि समस्या आएको हो । बाढीका कारण अस्पतालमा ३२ करोड ८० लाख रुपैयाँ बराबरको सामानको पनि क्षति भएको छ ।

हालका लागि भने यो अस्पतालले हालका लागि ४ अर्ब ९४ करोड १४ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्स नेपालले कम्पनीलाई ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि, ३३ करोड २० लाख रुपैयाँको कोषमा आधारित अल्पकालिन कर्जा सुविधाका लागि ए फोर र ६ करोड ८३ लाख रुपैयाँको दीर्घकालिन/अल्पकालिन कर्जा सुविधाका लागि डबल बि/ए फोर रेटिङ दिएको छ ।


Read Previous

तारकेश्वरको साङ्ला खोलामा खस्यो ईभी

Read Next

‘विरासत’ जोगाउन सफल नाडा अटो शो २०२५ सम्पन्न,कतिले गरे अवलोकन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar