Nepal Purbadhar

कोटेश्वर इन्टरसेक्सन सुधारका लागि जापानबाट ३० अर्ब ऋण स्वीकृत

सांकेतिक तस्बिर


काठमाडौं । सरकारले जापान सरकारबाट ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना सञ्चालनका लागि जापान सरकारबाट उक्त ऋण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार जापानी सहयोगमा काठमाडौं उपत्यकाको महत्वपूर्ण जाम हुने क्षेत्र कोटेश्वर इन्टरसेक्सनलाई आधुनिक बनाउन र यातायात व्यवस्थापन सहज बनाउन आयोजना अघि बढाइने छ।


Read Previous

हेँवा खोलामा मोडुलर पुल सञ्चालनमा, पूर्वाधारमन्त्री दाहालले भने- अब कुनै पनि ठाउँ दुर्गम रहन सक्दैन

Read Next

फिल्म ‘ताराहरू’ को बुकिङ खुल्यो कति पायो शो?

Nepal Purbadhar