
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणकाे काम कार्यतालिकाअनुसार गर्न निर्देशन दिएका छन् ।
निर्माण कम्पनीले मन्त्रालयमा बुझाएकाे कार्यतालिका बमाेजिम काम भएकाे नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बाेलाएर निर्माण कम्पनीलाई यस्ताे निर्देशन दिएका हुन् ।

सिंहदरबारभित्र निर्माणाधिन संसद भवनमा संसदिय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिककाे चासाे जाेडिएकाे चन्दै उपप्रधानमन्त्री सिंहले भने ,` कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढुनुहाेस् । कन्ट्राक्टरले दिएकाे कार्यतालिका बमोजिम काम गर्नुहाेस् ।´ उनले संसद भवनकै कारण मन्त्रालयकाे पर्फमेन्समा प्रशन उठेकाे भन्दै केहशि समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममन आलटमल स्वीकार्य नहुने बताए ।
सिंहले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामकाे नियमित अनुगमन गर्न निर्देशन पनि दिए । आजकाे बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयाेजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीकाे सहभागिता थियाे । बैठकमा विशेष भवन आयाेजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद भवनकाे हालसम्मकाे प्रगति र अवस्था बारेमा जानकारी गराए ।

साइट वरिपरि बाटाे निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीकाे काम, आन्तरिक सजावटकाे, कन्फरेन्सिङ काम लगायतका कामहरू बाँकी रहेकाे उनले बताए । निर्माण व्यवसायीले आवश्यक भन्दा न्यून कामदार लगाएकाे र काम बाँडेर हरेक दिनकाे काम गर्ने तालिका दिएकाे तर त्याे अनुसार काम नगरेकाे भन्दै असन्तुष्टि जनाए । निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेकाे भन्दै तालिका अनुसार काम अघि बढाउन प्रतिवद्द रहेकाे बताए । संसद भवनकाे पुस अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने म्याद छ ।