Nepal Purbadhar

रास्वपा अध्यक्ष लामिछानेलाई थुनामै राख्ने आदेश


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । 

जिल्ला अदालत रुपन्देहीले लामिछानेविरद्ध आदेश जारी गर्दै उनलाई थुनामै पठाएको हो । न्यायधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । 

लामिछाने चैत २५ देखि बुटवलको सुप्रीम सहकारी ठगीको मुद्दामा रुपन्देही कारागारमा छन् । 

उनले साउन १९ मा आफू सहकारी ठगीमा संलग्न नभएको भन्दै जिकिर गर्दै बचत कर्ताको पैसा फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको भन्दै आफूले बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । 

उक्त निवेदन उपर सुनुवाई गर्दै आज जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै पठाउने आदेश दिएको हो । 


Read Previous

काठमाडौँ महानगरपालिकाद्वारा प्रशोधित पिउने पानीको जारको अनुगमन तीव्र, एक हप्ता मापदण्ड विपरीतका २७१ जार नष्ट

Read Next

सकियो नाइमा एक्स्पो २०२५, १ लाख बढीले गरे अवलोकन

Nepal Purbadhar