Nepal Purbadhar

काइयीको ‘बबाल अफर’: एक्स थ्रि प्रो ईभीमा क्यास छुट


काठमाडौं ।  नेपालमा काइयी इलेक्ट्रिक सवारी साधनको अधिकृत वितरक जि.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटीले “काइयी बाबल अफर” नामक सीमित अवधिको विशेष योजना सार्वजनिक गरेका छन्, जसअन्तर्गत काइयी एक्स थ्रि प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा आकर्षक छुट र लाभहरू प्रदान गरिएको छ।

यस अफरअन्तर्गत काइयी एक्स थ्रि प्रो ईभी फ्ल्यागशिप टप भेरियन्ट अब अविश्वसनीय ३९.९६ लाख रुपैयाँमा उपलब्ध छ, जुन यसको प्रारम्भिक मूल्य ४८.९६ लाख रुपैयाँबाट निकै कम हो। यस अफरसँगै ग्राहकले ७.३ केडब्लु चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको सेवा सुविधा र स्पेयर टायर समेत प्राप्त गर्नेछन्। यो ठूलो छुटले काइयी एक्स थ्रि प्रो ईभी लाई आफ्नो सेग्मेन्टमा उत्कृष्ट मुल्यमा उपलब्ध इलेक्ट्रिक एसयुभी बनाएको छ।

यो विशेष अफर सीमित समयको लागि मात्र नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा उपलब्ध हुनेछ। काठमाडौंको भृकुटीमण्डपस्थित काइयीको स्टल ए टु, हल ए (प्रवेश गरेपछि दायाँतिरको पहिलो स्टल) मा आएर एक्स थ्रि प्रो ईभीको प्रत्यक्ष अनुभव लिन सक्नुहुन्छ।

 

किन रोज्ने काइयी एक्स थ्रि प्रो ईभी?

सेग्मेन्टको हिसाबले मूल्यमा सर्वश्रेष्ठ एसयुभीका रुपमा रहेको एक्स थ्रि प्रो ईभीमा १२०/९९ केडब्लु मोटर रहेको छ । 

प्रिमियम डिजाइन र उन्नत फिचरहरू, लक्जरी र फराकिलो इन्टेरियर, उच्च ड्राइभिङ्ग कम्फर्ट, भौतिक बटनहरू, सुरक्षित र ध्यान केन्द्रित ड्राइभिङ्गका लागि, १८३ मिमी ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक मूनरुफ, अटो होल्ड फिचरलगायत यसका विशेषताहरु हुन् । साथै यसमा लिथियम आयरन फस्फेट ब्याट्री, ७.३ केडब्लु चार्जर र स्पेयर ह्वील र सस्तो र सजिलै पाइने स्पेयर पार्ट्ससमेत रहेका छन् । 

काइयी एक्स थ्रि प्रो ईभी को यो बाबल अफर नाइमा मोबिलिटी एक्स्पो २०२५, भृकुटीमण्डप हल ए, स्टल नं. एटु (प्रवेश गरेपछि पहिलो स्टल) र काइयीका अधिकृत शोरुमहरूमा उपलब्ध छ। शोरुम स्थानहरूमा काठमाडौंको नक्साल, थापाथली, साथै बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगञ्ज समावेश छन्।


Read Previous

संस्थापक सेयरका लागि अलग आइजिन व्यवस्था प्रस्तावप्रति गैरआवासीय नेपाली संघको आपत्ति – लगानी निरुत्साहित हुन्छ

Read Next

मुआब्जा विवादका कारण पूर्व-पश्चिम रेलमार्गको काम सुस्त

Nepal Purbadhar