
काठमाडौं । लालपुर्जा नेपालले होप अफ नेस्ट अभियान अन्तर्गत चराहरुको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ ।
प्रकृतिको संरक्षण र जैविक विविधताप्रति सामाजिक उत्तरदायित्व भावना विकास गर्ने उद्देश्यले लालपुर्जा नेपालले ‘होप अफ नेष्ट’ अभियान सुरु गरेको छ ।
अभियानको मुख्य नारालाई आत्मसात गर्दै लालपुर्जाले कोटेश्वर क्षेत्रमै पहिलो पटक चराहरूको लागि संरक्षित बासस्थान निर्माण गरेको हो ।
लालपुर्जा नेपालको तर्फबाट सरला पोखरेलले बुधबार कोटेश्वरस्थित महादेवस्थान मन्दिर परिवारमा उक्त बास्सथानको शुभारम्भ गरेकीछन्।
यो बासस्थानमा स्थानीय प्रजातिका चराहरूका लागि अनुकूल आवास, पानी र आहारको व्यवस्था गरिएको छ ।

बासस्थानको निर्माणले सहरीकरणको दबाबमा परेका चराहरूलाई संरक्षण र सन्तुलित बास्थान उपलब्ध गराउने लक्ष्य लिएको छ ।
लालपुर्जा नेपालका तर्फबाट सरला पोखरेलले भनिन्,‘हामी मान्छेहरूको मात्रै होइन, जीवजन्तु र चराहरूको पनि यो शहर हो भन्ने सन्देश दिन चाहन्छौं। ‘होप अफ नेष्ट’ अभियानले सहरी जैव विविधता संरक्षणमा जनचेतना फैलाउनेछ ।’
यस्तै वडाकी वडा सदस्य हिरा पोखरेलले यस्तो कार्यक्रमको लागी वडाले सधै प्रोत्साहन गर्ने र आगामी दिनमा पनि वडाको तर्फबाट आबस्यक सबै सहयोग गर्ने बताएकी छन् ।

उद्घाटन कार्यक्रममा विभिन्न वातावरणविद्, युवा स्वयंसेवक र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । अभियानअन्तर्गत आगामी दिनमा अन्य स्थानहरूमा समेत यस्ता संरचना विस्तार गरिने योजना रहेको लालपुर्जा नेपालले जनाएको छ ।
लालपुर्जा नेपालले भविष्यमा विद्यालयस्तरदेखि समुदायसम्म प्राकृतिक संरक्षण, चरासम्बन्धी अभिमुखीकरण, र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
रियल स्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रा. लि. देशभर पाँच शाखा र ५० भन्दा बडी सदस्य सहितको कम्पनी हो, जसले हालसम्म १००० भन्दा बढी सम्पत्ति (जग्गा-जमिन) सूचीबद्ध गरिसकेको छ ।