Nepal Purbadhar

दिनेश साबुनले एक वर्षमा कमायो ३७ करोड ९० लाख


काठमाडौं । दिनेस साबुनको उत्पादन तथा बिक्री गर्ने कम्पनी ‘दिनेश सोप एन्ड हाउसहोल्ड इन्डस्ट्रिज प्रालि’ ले एक वर्षमा ३७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

यो कम्पनीले २०२४ मा ३७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले यसअघि २०२३ मा ४३ करोड २० लाख रुपैयाँ र २०२२ मा २७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

२०१८ मा स्थापित यो कम्पनी व्यापारिक समूह दिनेश ग्रुपअन्तर्गतको कम्पनी हो । तीन दशक पुरानो दिनेश ग्रुपको मुख्य गरि नेपालको सुदुरपश्चिम क्षेत्रमा ठूलो बजार रहेको छ । यो कम्पनीले साबुनका साथै डिटरजेन्स, भाडा माझ्ने साबुनलगायतको पनि उत्पादन गर्ने गरेको छ ।

सुदुरपश्चित प्रदेशको कैलालीमा उत्पादन कारखाना रहेको कम्पनीसँग वार्षिक १२ हजार २६४ मेट्रिक टन साबुन उत्पादन गर्न सक्ने तथा वार्षिक १३ हजार १४० मेट्रिक टन डिटरजेन्ट उत्पादन गर्न सक्ने कारखाना रहेको छ ।

हालका लागि यो कम्पनीले ५८ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएकव छ । केयर रेटिङ्स नेपालले यो कम्पनीलाई ३७ करोड २० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डि र २० करोड ७९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि डि रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

एमालेले सडकमै रोक्यो सञ्चारकर्मीलाई

Read Next

चार ठूला प्रसारणलाइन निजी क्षेत्रको लगानीमा बनाउँदै विद्युत प्राधिकरण, निकाल्यो सूचना

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar