Nepal Purbadhar

रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र अधिकांस ध्वस्त ( ड्रोन भ्यु )


काठमाडौं ।  मंगलबार बिहान असार २३ गते रसुवामा एकासी आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ ।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् ।


दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ ।रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।


Read Previous

चौधरी ग्रुपको सिजि सिमेन्ट इन्डस्ट्रीज पाल्पा प्रालिले एक वर्षमा कमायो १ अर्ब ७५ करोड ९० लाख 

Read Next

बाढीले ध्वस्त बनाएको रसुवाको टिमुरे क्षेत्र (फोटो फिचर)

Nepal Purbadhar