Nepal Purbadhar

चौधरी ग्रुपको सिजि सिमेन्ट इन्डस्ट्रीज पाल्पा प्रालिले एक वर्षमा कमायो १ अर्ब ७५ करोड ९० लाख 


काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजि सिमेन्ट इन्डस्ट्रीज पाल्पा प्रालिले एक वर्षमा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । 

२०२३ को सेप्टेम्बरबाट उत्पादन सुरु गरेको यो कम्पनीले २०२४ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । 

२०२४ मा कम्पनीको मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको लागत घटाउनु अघिको सञ्चालन नाफा १८.६ प्रतिशत रहेको छ । 

२०११ मा खुलेको सिजि सिमेन्ट इन्डस्ट्रीज पाल्पा प्रालि (सिजि पाल्पा) ले पाल्पाको रैनादेवि छरहा गाउँफालिकास्थित सरदेवामा उत्पादन कारखाना राखेको छ । नेपालका डलर अर्बपति विनोद चौधरीको सिजि ग्रुपअन्तर्गतको यो कम्पनीले वर्षेनी २ हजार ९५० टन प्रति दिन क्लिंकर उत्पादन क्षमताको कारखाना २०२३ सेप्टेम्बरबाट सञ्चालनमा ल्याएको छ भने १ हजार टन प्रतिदिन ग्राइन्डिङ गर्न सक्ने कारखना पनि सञ्चालन गर्ने प्रक्रियामा छ । 

सोही ग्राइन्डिङ युनिट सञ्चालनमा ल्याउनका लागि हाल कम्पनीले १३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । 

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई १० करोड ९०० रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि माइनस र २ अर्ब ७५ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

कैलाश हेलिकप्टरले ९ महिनामा कमायो ५३ करोड ५० लाख रुपैयाँ

Read Next

रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र अधिकांस ध्वस्त ( ड्रोन भ्यु )

Nepal Purbadhar