
काठमाडौं । कैलास हेलिकप्टर सर्भिसेस लिमिटेडले ९ महिनामा ५३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
२०२५ को सुरुवाती ९ महिनामा यो कम्पनीले ५३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
यअसअघिका वर्षहरुमा कम्पनीको व्यापार हेर्दा २०२१ मा ३२ करोड १० लाख रुपैयाँको व्यापार भएको थियो । २०२२ मा कम्पनीले ४० करोड ४० लाख रुपैयाँको कारोबार गर्दा २०२३ मा भने कम्पनीको व्यापार ७० करोड २० लाख रुपैयाँको भएको थियो ।
२०२४ मा भने कम्पनीको व्यापार ७९ करोड ४० लाख रुपैयाँको भएको छ । चालु आव २०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीको व्यापार ५३ करोड ५० लाख रुपैयाँ भएको छ ।
२०१७ मा खुलेको कैलास केलिकप्टर सर्भिसेस लिमिटेड २०२३ बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । चार्टड उडान, उद्दार कार्य, साहसिक यात्रालगायतका कार्यमा संलग्न रहेको कैलास केलिकप्टरले तीन वटा एयरबस हेलिकप्टर सञ्चालन गर्दै आएको छ । ३१ करोड ५० लाख रुपैयाँ भुक्तानी पूँजी (पेड-अप क्यापिटल) रहेको कम्पनीमा विभिन्न सात जनाको सेयर रहेको छ ।
कम्पनीको ओपिबिआइटिडिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको लागत घटाउनु अघिको सञ्चालन नाफा) भने २०२५ को ९ महिनामा ४७ प्रतिशत कायम भएको छ । २०२१ मा यो मार्जिन ४३ प्रतिशत थियो भने २०२२ मा ३७ प्रतिशत थियो । २०२३ मा ४३ प्रतिशत कायम भएको मार्जिन २०२४ मा भने ४५ प्रतिशत थियो । अघिल्लो वर्ष २०२४ को तुलनामा २०२५ को ९ महिनाको मार्जिनमा भने २ प्रतिशतको बृद्धि देखिएको छ ।