Nepal Purbadhar

सेतो कोटसहित डाक्टरहरु सडकमा, बिरामीको बिचल्ली


काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।

देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरु आज सेतो कोटसहित सडकमा उत्रिएका छन् ।

उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्‍याली गरी विरोध प्रदर्शन गरेका छन्।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा हिजो सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरु अन्योलको स्थितिमा छन् ।


Read Previous

डलर संञ्चिति २२ प्रतिशतले बढ्यो, साढे १४ महिनाको आयात धानिने

Read Next

रसुवा बाढी: २४० मेगावाट विद्युत उत्पादन बन्द

Nepal Purbadhar