
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार कम्पनीलाई कालोसूचिमा राखेको छ ।
चार वटा निकायबाट कालोसूचिमा राख्नका लागि लेखि पठाइएअनुसार कार्यालयले असार २२ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार सूचना प्रकाशित गर्दै यी कम्पनीहरुलाई कालोसूचिमा राखेको हो ।
कालोसूचिमा पर्ने कम्पनीहरुमा काठमाडौंको ग्रीन लिफ प्रा.लि, धनुषाको शिवम कन्स्ट्रक्सन, काठमाडौं टोखाको डि.जी इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि र सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स रहेका छन् ।
चारै वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचिमा राखिएको हो ।
कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा यी कम्पनीहरुले भाग लिन नसक्ने समेत कार्यालयले जनाएको छ ।
