Nepal Purbadhar

वन वर्ल्ड अपार्टमेन्ट बन्दै,  एक अर्ब ५० करोड लागत


काठमाडौं । ओएसिस होटल प्रालिले वन वर्ल्ड अपार्टमेन्ट नामक मिश्रित आवासीय भवन निर्माण गर्ने भएको छ । 

उक्त आवासीय भवन निर्माणका लागि ओएसिस होटल प्रालिले वातावरणिय मुल्यांकन प्रतिवेदन वातावरण मन्त्रालयमा पेश गरेको हो । कान्तिपथ काठमाडौंमा  बन्न लागेको यो आवासीय भवनको निर्माण लागत एक अर्ब पचास करोड रुपैयाँ रहेको छ । 

आयोजनाकव कुल क्षेत्रफल ७ रोपनी २ आना ०.१५ दाम रहेको छ । भवन निर्माण गर्दा भवनले ओगटेको जग्गाको क्षेत्रफल १ हजार ४७४.०७ वर्ग मिटर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, मिश्रित आवासीय  भवनका भवनको तल्लाको कुल क्षेत्रफल २२ हजार ७०९.४५ वर्ग मिटर रहेको छ । 

५२ मिटर उचाईमा बन्ने भवनको व्यवसायिक क्षेत्रका लागि ८ हजार ७०१.९८ वर्ग मिटर क्षेत्रफल छुट्याइएको छ भने आवासीय क्षेत्रका लागि ५ हजार २०८.९० वर्ग मिटर क्षेत्रफल छुट्याइएको छ । 

साथै, यो आवासीय क्षेत्रभित्र खुल्ला क्षेत्र र हरियाली बनाइने क्षेत्रका लागि कुल जग्गाको ५९.६४ प्रतिशत छुट्याइएको छ । 

आयोजनाको फ्लोर एरिया रेसियो ४.३५ राखिएको छ भने अपर्टमेन्ट भवनले ओगट्न पाउने जग्गाको क्षेत्रफल ४०.६६ प्रतिशत कायम गरिएको छ । साथै, भवनको सेट ब्याक ५ मिटरभन्दा कम कायम गरिएको छ । 


Read Previous

विजय पेलेट दाना बेच्ने नेपाल वेलहोप एग्रीटेकको व्यापार घट्यो, एक वर्षमा गर्यो ४ अर्ब ८६ करोड बढिको कारोबार

Read Next

१२ वर्षदेखि बन्न सकेन तीनकुने र टेकु पुल