Nepal Purbadhar

भरतपुर महानगरले ल्यायो ५ अर्ब १९ करोडको बजेट


काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोड रुपैयाँको बजेट ल्याएको छ । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आइतबार महानगरपालिकाको १७ औं नगरसभामा बजेट प्रस्तुत गरेका हुन् । 

प्रस्तुत भएको बजेटमा आन्तरिक आयबाट १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघिय सरकारको रास्व बाँडफाँडबाट ३१ करोड १९ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार, जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ । 

साथै, सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३५ करोड रहने प्रक्षेपण गरिएको छ । 

भरतपुरले चालु आर्थिक वर्ष २०८१/०८२ मा ल्याएको बजेटको तुलनामा आगामी आवको बजेट १ अर्बले कम रहेको छ । भरतपुर महानगरले चालु आवमा ६ अर्ब ५५ करोड ७५ लाख ९८ हजारको बजेट ल्याएको थियो । 


Read Previous

तनहुँमा १२६ मेगावाटको तल्लोसेती जलविद्युत आयोजना बन्दै, लागत कति?

Read Next

बजेटमा ‘टेक एण्ड पे’: फिर्ता गर भन्दै सामाजिक सञ्जालमार्फत ऊर्जा उद्यमीको आन्दोलन