Nepal Purbadhar

बंगलादेशलाई जान थाल्यो ४० मेगावाट बिजुली, कति कमाउँछ नेपालले ?


काठमाडौं । नेपालले ४० मेगावाट बिजुली बंगलादेश निर्यात थालेको छ ।

५ महिनाका लागि नेपालले बिजुली निर्यात थालेको हो । ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरि आगामी १० बर्षभित्र सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गरि भारतमा दश हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट गरि १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ । उत्पादित विजुली छिमेकी मुलुकसहित तेस्रो मुलुक बंगलादेश विक्रि गर्ने सुनिश्चित भैइसकेकोले ऊर्जा क्षेत्रबाट मुलुकले समृद्धी हासिल गर्ने ऊर्जा मन्त्रालयले विज्ञप्ती मार्फत उल्लेख छ ।

 ।


ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको नेतृत्वमा २०८१ असोज १७ मा भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, बंगलादेशका विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल किवर खानवीच बंगलादेशमा ४० मेगावाट विजुली बेच्ने सम्झौता भएको थियो । जून १५ देखि नोभेम्वर १५, २०२५ सम्म ५ महिना नियमित विद्युत बंगलादेश विक्री गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात्  एक अर्ब २९ करोड नेपाली रुपैया आम्दानी गर्नेछ ।


नेपालमा उत्पादित विद्युत ४०० केभी प्रसारण लाइन ढल्केबर-मुजफ्फुरपुर, मुजफ्फरपुर- वेहरामपुर हुदै भेडामारा (बंगलादेश) सम्म निर्यात भैइरहेको छ । त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरि ४० मेगावाट विद्युत बंगलादेश निर्यात भैइरहेको छ । विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरि विक्रि गर्ने सम्झौता भएको छ ।


नेपाल विद्युत प्राधिकरणले जुन १५ देखि भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ । जेठ १८ (जुन १) बाट १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ (शनिबार) रातीदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । गएराती १२ बजेदेखि नै भारतको बिहार राज्यमा ८० मेगावाट विद्युत निर्यात सुरु गरेको उल्लेख छ ।


Read Previous

हेवा खोलाको पुल भाँचिएको बारे सहसचिव खनालको संयोजकत्वमा छानविन समिति गठन

Read Next

अदालतले दिएन अन्तरिम आदेश,  जगदुल्ला जलविद्युत आयोजनाको काम अघि बढाउने बाटो खुल्यो