Nepal Purbadhar

मेयर बालेन र उपमेयर सुनिताबीच भेटवार्ता, कार्यपालिका र नगरसभा गर्न दुवै सकरात्मक


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेटवार्ता भएको छ । 

मेयर शाह र उपमेयर डंगोलबीच हिजो बुधबार भेटवार्ता भएको एक वडाध्यक्षले बताए । उनकाअनुसार दुवैले बजेट लक्षित भएर कार्यपालिका बैठक तत्कालै राख्ने विषयमा सकरात्मक धारणा प्रस्तुत गरे । 

गत पुस १४ गते महानगरपालिकाको कार्यपालिका बैठक बसेपछि हालसम्म पनि बैठक बस्न सकेको छैन् । मेयर बालेन र उपमेयरबीच नै पनि विवाद चर्किएको थियो । महानगरका प्रमुख प्रशासकिय अधिकृतलाई काम गर्न नदिएको विषयमा पनि महानगरमा मेयर र उपमेयरबीच विवाद भएको थियो । 

यी सबैका बीच औपचारिक रुपमा मेयर शाह र उपमेयर डंगोलबीच भेटवार्ता भएको छ । दुवैले बजेट ल्याउनका लागि सकरात्मक धारणा राखेका छन् भने छिट्टै नै कार्यपालिका र नगरसभा बैठक राख्ने विषयमा कुराकानी भएको छ । 


Read Previous

टेक एण्ड पेबारे छलफलबाट निकास नलागे जे पनि हुन सक्छ: इप्पान अध्यक्ष गणेश कार्की

Read Next

ऊर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट, माथिल्लो अरुणमा लगानी जुट्ला ?