Nepal Purbadhar

काठमाडौ महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित ७ जनाविरुद्ध ढल निकाससम्बन्धि ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । सामाखुसी कोरिडोर अन्तर्गतकव ढल निर्माणको ठेक्कामा अनियमितता भएको आरोप पत्रमा उल्लेख छ । 

उनीहरुविरुद्ध ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भन्दै मुद्दा दायर भएको छ । 

परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन् ।


Read Previous

चन्द्रागिरी हिल्सको व्यापार ९ महिनामा ६३ करोड ५० लाख

Read Next

मनाईयो पनौती जात्रा (ज्या पुन्ही)