
काठमाडौं । चन्दागिरी हिल्स लिमिटेडको व्यापार ९ महिनामा ६३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
२०२५ को ९ महिनामा चन्द्रागिरीले ६३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
आईएमई ग्रुपसँग संलग्न व्यक्तिहरुको आवद्धता रहेको चन्दागिरि हिल्सले २२ करोड २० लाख रुपैयाँको व्यापार २०२१ मा गरेको थियो । २०२२ मा ६६ करोड ९० लाखको व्यापार गरेको कम्पनीले २०२३ मा ९१ करोड ३० लाखको व्यापार गरेको थियो ।
२०२४ मा कम्पनीको व्यापार १ अर्ब पुगेको थियो ।
सन् २०२५ को ९ महिनामा भने कम्पनीले ६३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै, २०२२ मा १ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको करपछिको नाफा सन् २०२३ मा ११ करोड २० लाख पुगेको थियो । २०२४ मा यो नाफा २० करोड र २०२५ को ९ महिनामा यो नाफा १० करोड ९० लाख रुपैयाँ पुगेको छ ।
सन् २००९ मा सुरु भएको चन्द्रागिरि हिल्स लिमिटेड कम्पनी काठमाडौंको बाहिरि क्षेत्रमा रहेको पर्यटकिय तथा धार्मिक स्थल चन्द्रागिरिमा रिसोर्ट तथा केबलकारका साथै अन्य विभिन्न गतिविति सञ्चालन गरिरहेकव कम्पनी हो । रिसोर्टमा १ सय वटा रुम रहेका छन् । यो कम्पनीमा आईएमई ग्रुपका हेकराज ढकाल र चन्द्रप्रसाद ढकालको क्रमश: १९.२ र १४.६ प्रतिशत सेयर स्वामित्व रहेको छ भने त्यसबाहेक उत्तम कुमार नेपाल, अम्बिका प्रसाद पौडेल, कल्याण गुरुङलगायतको सेयर स्वामित्व रहेको छ । नेप्सेमा सुचिकृत यो कम्पनीको अध्यक्षमा भने हेमराज ढकाल रहेका छन् ।
हालका लागि यो कम्पनीले २ अर्ब १३ करोड ८५ लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ । जसमा सम्पुर्ण कर्जा सुविधा नै दिर्घकालिन कर्जा सुविधा रहेका छन् र रेटिङ एजेन्सी ईक्रा नेपालले यो कम्पनीलाई डबल बि प्लस रेटिङ दिएको छ ।