
काठमाडौं । आइतबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आईतबार सुनको भाउ प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको हो । शुक्रबार तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रति तोला एक लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ ।
चादीको मूल्यमा पनि सामान्य बढेको छ । शुक्रबार तोलाको १९८० रुपैयाँले कारोबार भएको चाँदीको मुल्य आईतबार प्रति तोलामा ५ रुपैयाँले बृद्धि भएर १९८५ पुगेको छ ।