
काठमाडौं । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना प्राइभेट पब्लिक पार्टनरसीप मोडलमा निर्माण हुने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेले उक्त परियोजनामा सरकारले गरेको लगानी सेयरमा परिणत गरेर पीपीपी मोडलमा निर्माण गरिने बताए ।
सरकारले चालु वर्ष दुधकोसी निर्माण सुरु गर्ने योजना बनाएको छ ।
अप्पर अरुण, उत्तरगंगा, सुनकोसी तीन लगायतका परियोजनाको लगानीको मोडालिटी तय गरेर निर्माण थाल्ने योजना छ ।
तामाकोसी ५ को निर्माण तीब्र बनाउने लक्ष्य छ ।