Nepal Purbadhar

तानसेन सिमेन्ट उत्पादन गर्ने पाल्पा सिमेन्ट उद्योगको व्यापार कति? 


काठमाडौं । तानसेन सिमेन्ट उत्पादन गर्ने पाल्पा सिमेन्ट उद्योग लिमिटेडको व्यापार बृद्धि भएको छ । 

आर्थिक वर्ष २०२३ को तुलनामा २०२४ मा कम्पनीको व्यापार बढेको हो ।  कम्पनीले २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो । 

२०२४ मा भने कम्पनीको व्यापारमा केही बृद्धि भएर ४ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार भएको छ । २०२५ को पहिलो ६ महिनामा भने कम्पनीको व्यापार १ अर्ब २९ करोड ८० लाख रुपैयाँको भएको छ । 

कम्पनी मार्जिनमा पनि बृद्धि भएको छ । २०२२ मा कम्पनीको मार्जिन २४.०१ प्रतिशत रहेकोमा २०२३ मा केही गिरावट भएर २१.९९ प्रतिशतमा सिमित भएको थियो । २०२४ मा भने कम्पनीको मार्जिन २२.३१ पुगेको थियो । २०२५ को पहिलो ६ महिनामा भने कम्पनीको मार्जिन ३१.४९ प्रतिशत रहेको छ । 

सन् २००९ मा सुरु भएको कम्पनी पाल्पा सिमेन्ट प्रालि सन् २०२१ जुलाईमा सार्वजनिक कम्पनीमा रुपान्तरण भएको थियो । यो कम्पनीको स्वामित्व निमार्ण र उत्पादन क्षेत्रमा लामो समयदेखि संलग्न आरएमसी ग्रुपसँग रहेको छ । 

नवलपरासीको सुनुवाल गाउँपालिकामा रहेको पाल्पा सिमेन्ट उद्योगको उत्पादन क्षमता भने क्लिंकर उत्पादनमा १८ सय मेट्रिक टन प्रति वर्ष र ग्राईन्डिङ क्षमता २२ सय मे्ट्रिक टन प्रति वर्ष रहेको छ । 


Read Previous

राजेन्द्र लिङ्देनको उग्र अभिव्यक्ति- आन्दोलन चर्काउने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने

Read Next

कमिसन मागेको गम्भीर आरोपछि सेबोनले हटायो १४ कम्पनीलाई आइपिओको सूचीबाट 

Nepal Purbadhar