Nepal Purbadhar

राजेन्द्र लिङ्देनको उग्र अभिव्यक्ति- आन्दोलन चर्काउने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिनदेखि सुरु हुने आन्दोलन राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि निर्णायक हुने अभिव्यक्ति दिएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीलाई भाग्न पर्ने अवस्था सिर्जना हुने गरि आन्दोलन चर्काउने बताएका हुन् । 

“प्रधानमन्त्रीले संसदमा अब उमेरका हिसाबले पनि भाग्न सकिँदैन भन्नुभयो”, लिङ्देनले भने, “भाग त भन्नु भएन नि । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने ।” 

उनले यसपटकको आन्दोलन टुंग्याएरै छाड्ने गरि अघि बढाईने बताएका छन् । उनले आन्दोलनमा आफू मात्रै नभएर सपरिवार आउने र छरछिमेकलाई पनि लिएर आउन समेत आह्वान गरेका छन् । 

राप्रपाले आउँदो गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौंसहित विभिन्न ठाउँमा आन्दोलन गर्ने बताएको छ । यसअघि चेत्र १५ गते काठमाडौंको तिनकुनेमा राप्रपा समेत सहभागी रहेर राजावादीहरुको हिंसात्मक आन्दोलन भएको थियो । 


Read Previous

गुनासो बढेपछि प्राधिकरणले बनायो कल सेन्टरको काम बुझ्न समिति

Read Next

तानसेन सिमेन्ट उत्पादन गर्ने पाल्पा सिमेन्ट उद्योगको व्यापार कति?