Nepal Purbadhar

गुनासो बढेपछि प्राधिकरणले बनायो कल सेन्टरको काम बुझ्न समिति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना कल सेन्टरहरुको काम बुझ्न समिति बनाएको छ ।

प्रादेशिक तथा डिभिजन कार्यालयहरुमा स्थापित कल सेन्टरहरुबाट अपेक्षित काम भए/नभएको जाँचबुझ गरी रायसहितको प्रतिवेदन दिन समिति बनाएको हो । ग्राहकहरुले कल सेन्टरमा सम्पर्क गर्दा फोन नउठाउने, रुखो बोल्नेजस्ता गतिविधी भएको उजुरीका आधारमा प्राधिकरणले समिति बनाएको हो ।

विद्युत प्राधिकरणले बत्ती गएमा ११५० नम्बरको हट लाइनमा सम्पर्क गर्न भनेको छ ।

पछिल्लो समय झ्याप झ्याप बत्ती जाने समस्या बढेपछि चौतर्फी रुपमा प्राधिकरण र नेतृत्व आलोचनामा परेका छन् । सामाजिक सञ्जालमा मानिसहरुले लोडसेडिङको तालिका सार्वजनिक गर्न समेत भनेका छन् ।

अत्यन्त पूरानो प्रसारण र वितरण प्रणाली रहेका कारण अत्याधिक ट्रिपिङ हुने समस्या छ ।


Read Previous

३० प्रतिशतसम्म कर बढ्ने हल्लाले बजेटको पुर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह

Read Next

राजेन्द्र लिङ्देनको उग्र अभिव्यक्ति- आन्दोलन चर्काउने, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिने