
काठमाडौं । काठमाडौं उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।
सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरुलाई मन भुलाउने माध्यम पनि बनेको छ ।

फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरु थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी रंगसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउने गरेका देखिन्छन् । सडक किनारमा मात्र नभई निर्माणाधीन पुलमाथि समेत चढेर जोखिम मोलेर दृश्य कैद गरिरहेका देखिन्छन्।

पैसा लिएर ज्याकारान्डाको पृष्ठभूमिमा फोटो/भिडियो खिचिदिने व्यावसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी




