Nepal Purbadhar

एचआईडीसीएलका सीईओको पदावधि सकियो, श्वेतपत्र निकालेर बिदा बसे


काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमको पदावधि सकिएको छ ।

उनको चार वर्षे कार्यकाल पर्सिबाट पूरा हुँदैछ । उनी अहिले बिदामा बसेका छन् ।

गौतमले २०७८ बैशाख १३ गते सीईओको जिम्मेवारी सम्हालेका थिए । उनी कर्मचारी सञ्चय कोष फर्किन लागेका छन् ।  गौतम कर्मचारी सञ्चयकोषमा दुई साताभन्दा कम समयमा नै रिटार्यड हुँदैछन् ।

उनले विगत चार वर्षको अबधिमा सम्पादन गर्ने गरी रणनीतिक योजनाले निर्धारण गरेका प्रमुख लक्ष्य, यम अवधिमा भएको कार्यसम्पादनको समग्र अवस्था, लक्ष्य प्राप्तिका लागि गरिएका प्रयास र प्रमुख उपलब्धिहरु, सम्पादन हुन नसकेका कार्यहरु र सो को कारण, कम्पनीको वर्तमान अवस्थाको समिक्षा एवम् कम्पनीले भविश्यमा अलबम्बन गर्नु पर्ने प्रमुख रणनीति, मार्गचित्र र सुधारका प्रमुख क्षेत्रहरु सहितको विस्तृत विवरण समावेश भएको स्वेतपत्र तयार गरी कम्पनीको वेवसाईट मार्फत सार्वजनिक गरेका छन् ।


Read Previous

 दर्ता गर्न नआए एक सातामा नेपालमा फेसबुक बन्द हुने